शान्तिनगरमा अबैध काठ सहित बनका अध्यक्ष पक्राउ


असोज २२, २०७७


दाङ। दाङमा अबैध सालको काठ सहित बनका अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका ३ बस्तीखोलामा रहेको हरियाली सामुदायिक बनका अध्यक्ष सन्तविर कामी अवैध काठ सहित पक्राउ परेका छन् । घरमा लुकाइ छिपाइ राखेको अवस्थामा २१ क्युफिट (१५ थान) साल जातको चिरानी काठ सहित पक्राउ गरेको सब डिभिजन कार्यालय श्रीगाउँका प्रमुख दयाराम पौडेलले जानकारी दिए ।

विशेष सुचनाका आधारमा बनको गस्ती टोली जाँदा अध्यक्ष कामीको घरमा उक्त काठ फेला परेको पौडेलले जानकारी दिए । हरियाली सामुदायिक बनको जङ्गलसंगै सटेको राष्ट्रिय बन क्षेत्रमा केही दिन अधि मात्र काटेका साल रुखको ठुटा फेला पारेपछि अनुसन्धान गर्दै जादाँ अध्यक्ष कामीको घरमा फेला परेको थियो । उक्त काठ समुहका कोषाध्यक्ष धनसिंह घर्तीलाई जिम्मा लगाएर छ । हरियाली सामुदायिक बनमा पनि १२ ठाउँमा सालको रुखहरु अवैध रुपमा काटिएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="