सल्यान। कोरोना भाईरसका कारण सल्यानको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित खैराबाङ भगवतीको मन्दिर यस बर्षको बडादशैँमा नखुल्ने भएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेदेखि बन्द भएको खैराबाङ भगवती मन्दिर यस बर्षको बडादशैँमा पनि नखुल्ने भएको हो ।
शारदा नगरपालिका–११ मा अबस्थित खैराबाङ भगवती मन्दिरसँगै जिल्लाभरका सम्पूर्ण शक्तिपीठहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण सर्वसाधारणको भिडभाड हुन सक्ने भएकाले खैराबाङ भगवती मन्दिरसँगै जिल्लाका सबै शक्तिपीठहरु बन्द रहने जानकारी दिनुभयो ।
शक्तिपीठहरुमा पुजारीबाट हुने नित्यकर्मबाहेक सर्वसाधारणबाट हुने बली, पूजालगाएतका अन्य गतिबिधि गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस