दाङमा आज २६ जनामा कोरोना पुष्टि


असोज २४, २०७७


दाङ। दाङमा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न ठाउँका गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो । कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र लमही नगरपालिकामा, बंगलाचुली, बबई, गढवा गाउँपालिकाका एक एक जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १४ सय ४७ पुगेको छ । जसमध्ये ११ सय २९ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="