कपिल लामिछाने , दाङ। तुलसीपुर उपममहानगरपालिका वडा नं १८ ले कृषकहरुकाे लागी समय-समयमा बिभिन्न जातका बिउँहरु वितरण गर्दै आईरहेकाे छ ।
यसै बिच अहिले धानबाली काटेर सकिन लाग्दा तुलसीपुर १८ ले उन्नत जातकाे गहुँकाे बिउँ वितरण गर्न लागेकाे हाे । वडा कार्यालयले मिति २०७७ साल असाेज १२ गतेदेखि गहुँकाे बिउँ लिने कृषकहरुकाे नाम टिपाेट गर्दै आएकाे थियाे । १ सय ५० कृषकहरुका लागी वडाले ५०% अनुदानमा उन्नत जातकाे गहुँकाे बिउ वितरण कार्य आजबाट थालेकाे हाे । कृषीमा लगानी गराैँ, समृध्दि र सुखी नेपाली बनाैँ भन्ने मुल नाराका साथ कृषकहरुकाे माग अनुसार वडाले गहुँकाे बिउँ बितरण गर्न लागेकाे वडा अध्यक्ष माधव वलीले बताउनुभयाे ।
आजबाट बाड्न सुरु गरिएकाे गहुँकाे बिउले यस वडालाई गहुँमा आत्मनिर्भर बनाउने कुरामा ढुक्क भएकाे र आगामी दिनहरुमा कृषकहरुकाे मनाेवल उच्च पार्ने खालका याेजनाहरु निर्माण गर्ने वडा सदस्य धन बहादुर बस्नेतले बताउनुभयाे ।
काेराना भाईरस(काेभिड१९) का कारण अनाैपचारिक कार्यक्रमका बिच आज मात्रै ३० जना भन्दा बढि कृषकहरुलाई गहुँकाे बिउँ वितरण गरिएकाे थियाे । आउनु भएका सबै कृषकहरुलाई वडा सदस्य शितल प्रसाद बुढा मगरले स्वागत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएकाे थियाे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस