तुलसीपुरका १७ सहित दाङका ४७ जनामा कोरोना पुष्टि


कार्तिक ०८, २०७७


दाङ । दाङमा सनिवार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा दाङका ४७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण हुनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन।

आज दाङमा सबैभन्दा धेरै घोराहीका २१ जना रहेका छन। यस्तै तुलसीपुरमा १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस्तै लमहीमा ५ जना, शान्तिनगरमा २ जनामा र बंग्लाचुली गाउपालिकाका १ जना संक्रमण देखिएको छ ।

आज देखिएका ४७ जना सहित दाङमा संक्रमितको कुल संख्या १ हजार ८ सय ९१ पुगेको छ । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या दाङमा १ हजार २ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="