डेढ लाख बढी नगदसहित १० जना जुवाडे पक्राउ


कार्तिक १८, २०७७


दाङ। प्युठानमा झन्डै डेढ लाख नगदसहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

माण्डपी गाउँपालिका ३ लामाचौर स्थित शरद केसीको घरबाट गएराती दश जना जुवाडेलाई नगदसहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले १ लाख ६८ हजार ४० रुपैया नगद र १ गड्डी सहित दश जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="