दाङ। तुलसीपुरमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वाव परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का २ जना,वडा नम्वर ६ का २ जना, वडा नम्वर ७ का २ जना , वडा नम्वर ९ का १ जना , वडा नम्वर १६ का १ जना , वडा नम्वर १७ का २ जनामा कोरोना पुष्टि भएको उनले बताएका छन् ।
यस्तैगरी वडा नम्वर १९ का २ जनामा कोरोना देखीएको हो । संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमितको संख्या ५२८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । साथै कोरोना मुक्त हुनेको संख्या ३९० रहेको बताईएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस