तुलसीपुर उपमहानगरले कोरोना परिक्षण मेसिन खरिद गर्ने


कार्तिक २०, २०७७


दाङ । कोरोना संक्रमण वढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ ।

परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता भएको भन्दै कार्यपालिकाको ९५ औ बैठकले सो निर्णय गरेको हो ।

‘कोरोना चेकजाँच गर्नका लागि घोराहीसम्म जाँदा संक्रमण हुने र फैलने त्रास हुने हुँदा पनि यहाँ नै पिसिआर मेसिन राखेर कोरोना चेकजाँच गर्ने निर्णय गरिएको छ ’ नगरप्रमुख पाण्डेले भने । उनले मेसिन सहयोगको प्रतिवद्धता आइसेकेको समेत जानकारी दिए । ‘मेसिनलाई व्यवस्थापन र सञ्चालनका लागि हामीले सबैको सहयोग लिनेछौ’ उनले भने ।  यसैगरी कार्यपालिकाको बैठकले आइसियु स्थापना गर्ने समेत निर्णय गरेको छ ।

लक्षण देखिएका विरामीको संख्या वढेसँगै आइसियुको अभाव हुने कुरालाई मध्यनजर गरेर स्थापना गर्न लागिएको नगरप्रमुख पाण्डेले वताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="