दाङ। कैलालीमा कोरोना कारणका एक जना वडा अध्यक्षको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनी १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा भर्ना भएको ५ दिन पछि १७ गते उनलाई कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टिपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस