दाङ। दाङकी एक २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा न. १० निवासी सुत्केरी महिला रहेकीछिन् । महिलाको बच्चा जन्मि सकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते आशंका लागेर १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस