दाङ। तुलसीपुरमा यस बर्षको तिहारमा देउसी–भैलो खेल्न नपाईने भएको छ ।
कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वदलिय सर्बपक्षीय बैठकले तिहारमा देउसी–भैलो खेल्न प्रतिवन्ध लगाउने निर्णय गरेको हो । तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै प्रतिवन्ध लगाउने लागेको हो ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य कोमल वलीले गरिव तथा विपन्न व्यक्तिको पहिचन गरेर निशुल्क कोरोणा परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । कोरोनाबाट बाहिर आउन टोल–टोलमा पुगेर बिरामी खोजेर उनिहरुको निःशुल्क पीसीआर गर्ने व्यवस्था गर्न आवश्यक रहेको सदस्य वलीको भनाई छ ।
तुलसीपुरमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ सय ८८ पुगेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस