कमल नेपाली
दाङ । तुलसीपुर उपमहानगरपालिका ७ बुडागाउँमा बुधबार बिहान नगर स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।
केन्द्र सरकारको ६३ लाख लागतमा बन्न लागेको ६ कोठे भवनको शिलान्यास तुलसीपुर ७ का वडा अध्यक्ष टोपबहादुर केसी, जग्गा दाता नारायण रेग्मी र भीमबहादुर भुसालले गरेका हुन । भवन निर्माणका लागि जग्गा दाता भुसाल र रेग्मी दुबैले १५/१५ धुर जमिन दान गरेका हुन ।
भवन सञ्चालनमा आएपछि चौबीसै घण्टा प्रसुति सेवाका साथै ल्याव पनि सञ्चालन गरिने अहेव हरिकुमारी डीसीले बताएकि छन् ।
कार्यक्रममा वडा सदस्य रामबहादुर जिसी, कार्यपालिका सदस्य चित्रा मल्ल, तुलसीपुर उपमहानगरका जनस्वास्थ्य निरीक्षक विमल केसी, नगर स्वास्थ्य इन्चार्ज सम्पूर्ण चौधरी, सिनियर अनमि मधु राणा लगायतको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अहेव हरिकुमारी डीसीले गरेकि थिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस