काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ ।
मङ्गलबार बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न एक जुट हुन आग्रह गर्नुभएको हो । सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना सङ्क्रमण नियन्त्रणबारे छलफल भएको थियो ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले संविधान र गणतन्त्र विरोधी गतिविधिविरुद्ध सबै एक हुनुपर्ने समय आएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीको आह्वानमा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल चलेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस