जलेर गम्भीर घाइते तुलसीपुरकि महिलाको उपचारको क्रममा ज्यान गयो


माघ ०४, २०७७


दाङ । खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको शुक्रबार राति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

खड्का पुस १० गते विहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा आगो सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन । सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="