तस्बिर – लोकराज भुसाल
दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले दाङलगायत देशभर विरोध प्रदर्शन गरेको छ ।
दाङका १० वटा स्थानिय तहका सबै वडामा विरोध प्रदर्शन गरिएको बताइएको छ । विरोध प्रदर्शन कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नेताहरुले ओली सरकारले संसद विघटन गरेर नेपाली जनताको मर्म विपरित काम गरेको बताएका छन् । ५ बर्ष सम्म कम्युनिष्टलाई बहुमत दिएर सत्तामा पठाएपनि कुर्सी तानातानमा लागेर जनतालाई निराशामा पारेको आरोप लगाए ।
दाङका विभिन्न वडाहरुमा हजारौँ संख्यामा नेता, कार्यकता र शुभेच्छुक साथमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस