दाङ। दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको गएराति पानै १२ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ २ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । यो संगै बाँकेमा बाहिरी जिल्लाका बाट उपचारका लागि आएका ८६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस