बबई गाउँपालिकामा जग्गा नापीको काम हुँदै


माघ १३, २०७७


दाङ। बबई गाउँपालिकाले भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापीको काम बुधबार देखि सुरु गर्ने भएको छ ।

भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरिएको सहजीकरण समितिको आज बसेको बैठकले भोलिदेखि जग्गा नापी गर्ने निर्णय गरेको हो ।

बबई गाउँपालिकाको वडा नम्बर ५ रिमखोलीबाट जग्गा नापीको काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिएका छन् ।

पहिलो चरणमा रिमखोलीबाट काम सुरु गरी अन्य बस्तीबाट पनि नापीको कामलाई व्यवस्थित गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

यसअघि बबई गाउँपालिकाले कार्तिक २७ गते राजधानीमा भूमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरी यसको समाधानका लागि काम गरेको छ ।

घर/घरमा गएर जग्गाको लगत लिएको गाउँपालिकाले अब जग्गाको नापी र लिस्सा दिने काम सुरु गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="