काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
भोलिदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस