सल्यान । निशुल्क हुने दुर्घटना प्रमाणित गरिदिन सल्यानमा एक प्रहरी अधिकृतले १० हजार मागेकाे खुलेकाे छ । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम कुमार यादवले सवारी दुर्घटना प्रमाणित गरिदिन १० हजार मागेकाे उजुरी परेकाे हाे ।
गत फागुन २ गते कपुरकाेट गाउँपालिका ३ तल्लाे बजारमा भएकाे बस दुर्घटनाकाे प्रमाणित गरिदिन् आफुबाट १० हजार मागेकाे भन्दै नव कान्तिपुर भलाइ तथा ईन्भेष्टमेन कम्पनी प्रालि दाङ शाखाका प्रमुख महेन्द्र महराले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका छन् ।
दुर्घटना विमा रकमकाे भुक्तानीका लागि प्रहरी अधिकृतद्वारा प्रमाणित पत्र चाहिने र त्यसकाे लागि पटकपटक उनि दाङबाट लुहाम आउँदा यसअघि केहि कागजपत्र नपुग्दा काम भएकाे थिएन् । तर साेमबार सबै कागज तयार बनाएर इप्रका लुहाम आउँदा इनिस्पेक्टर यादवले प्रमाणित गरिदिन १० हजार मागेकाे उनले बताए ।
उनले भने, ‘सबै कागजपत्र पुर्याएर इप्रका पुगे, उहाँहरुले प्रमाणितकरणकाे पत्र प्रिन्ट पनि गर्नुभयाे, तर अन्तिममा १० हजार रुपैयाँ दिनुहाेस् नत्र हामी प्रमाणित पत्र दिन्नाैं भन्नुभयाे । म सँग त्यत्राे पैसा छैन याे निशुल्क हुने काममा किन पैसा दिनुपर्याे भनेर मैले तर्क गरे तर उहाँले पत्रमा हस्ताक्षेर गरिदिनु भएन् ।’
त्यसपछि उनि प्रमाणितकरणकाे पत्रकाे लागि जिल्ला प्रहरी कार्यालयमा पुगेकाे बताए । जिप्रका पुगेर उनले इनिस्पेक्टरले १० नदिदा प्रमाणितकरण नगरेकाे भन्दै उजुरी दिएका छन् ।
उजुरी पछ्यात इनिस्पेक्टर यादवलाइ जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि बाेलाएकाे छ । उजुरी निवेदन परेकाे र उनिमाथी अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गाेविन्द थापाले बताए । साभार – लेकाली अनलाइन
हेर्नुहाेस् उजुरी पत्र
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस