दाङ। तुलसीपुरमा विहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
बिहिवार बिहान प्राप्त परीक्षण रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा १६, वडा नं. ३ मा ४, वडा नं. ४ मा १, वडा नं. ५ मा २, वडा नं. ७ मा २, वडा नं. मा ३, वडा नं. १० मा ३, वडा नं. १५ मा १, वडा नं. १७ का २, वडा नं. १८ र १९ मा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।
योसंगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । कोरोनाबाट तुलसीपुरका २५ जनाको ज्यान गयको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस