भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ।
एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थपिएकासमेत अहिलेसम्म देशमा कोरोनाको संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको छ भने यसबाट मृत्यु भएकाको संख्या १ लाख ९५ हजार १२३ पुगेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस