विवेकशीलका संस्थापक अध्यक्ष थापाको निधन


जेठ १८, २०७८


दाङ। विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ।

उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्।

सोमबार थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आए पनि भाइरसले शरीरमा दीर्घकालीन क्षति गरेकोले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको

अस्पतालले जनाएको थियो। थापालाई दुई हप्ताअघि कोरोना संक्रमण भएको थियो।

थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन ९इसीएमओ० प्रविधिबाट पनि उपचार गरिएको थियो।

यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि ललितपुरपस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

४४ वर्षका थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका थिए।

थापा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको सहसंयोजक भएका थिए।

विवेकशील साझा पार्टी फुटेपछि थापा पुनः विवेकशील नेपाली दलको अध्यक्ष भए।

असोज २०७६ मा भएको विवेकशील नेपाली दलको अधिवेशनबाट थापाले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="