दाङ। कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंंगै दाङमा हाल सम्म सात हजार बढि नागरिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतवार १०९ जनामा कोरोना परिक्षण गर्दा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गत बैशाख देखी हाल सम्मको जिल्लामा ७ हजार ३ सय २४ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले जानकारी दिएको छ ।
यस्तै,थप ३० जना निको भएसंगै हाल सम्म निको हुनेको संख्या ६ हजार ५४२ पुगेको छ । जिल्लामा अझै ५९३ जना संक्रिय संक्रमित रहेका छन् । केन्द्रका अनुसार बैैशाख यता जिल्लामा ज्यान जानेको संख्या १८८ पुगेको छ । ती मध्ये एक जना जिल्ला बाहिरका नागरिक रहेको केन्द्रले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस