पाैडेललाई गृहसहित थप ३ मन्त्रालयकाे जिम्मेवारी


असार १०, २०७८


काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गर्नुभएकाे छ । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएकाे छ । 

अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।

त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, राेजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।   

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनुभएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासकाे जिम्मेवारी पाउनुभएकाे छ । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="