बाढीले दाङमा रहेको नेपालकाे दोस्रो लामो पुलमा क्षति


असार २३, २०७८


दाङ । राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्‍याएकाे छ । बाढीले पुलको छेउछाउमा क्षति पुर्‍याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । 

पुलको २०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="