पुनर्बहाली माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्चमा, गैरकानुनी ढङ्गले हटाएको आरोप


भदौ ०१, २०७८


काठमाण्डाै ।  आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ । 

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो । 

उहाँको निवेदनको सुनुवाइ बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="