दाङ । तुलसीपुरमा बौलाह कुकुरले टोक्दा १५ जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी, कुमालगडी निबासी २५ बर्षका छाँया वली, ४५ बर्षका मदन चौधरी रहेका छन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निबासी ७६ बर्षका नन्दकुमार आचार्य, १० बर्षकी कुशुम परियार, ७ बर्षकी तुलसी परियार, ५० बर्षका शिवराज भण्डारी , १७ बर्षकी मिना केसी, २८ बर्षकी बन्दना सेन ठकुरी र २१ बर्षका विवेक वली, शिवा आचार्य घाईते रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सीन लगाउन काठमान्डौ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बालापुरमा पुगेर कुकुरले टोकेका व्यक्तिहरुको विषयमा जानकारी लिनु भएको छ । वडा अध्यक्ष राजु आचार्यसंग भेटघाट गरेर घटनाको बिषयमा जानकारी लिँदै घाइतेलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था निशुल्क गर्ने र त्यसका लागि तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखालाई समन्वय गर्न अध्यक्ष अचार्यलाई निर्देशन दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस