जबराले दिएनन् राजीनामा, बारले दोस्रो चरणको आन्दोलनको गर्ने


कार्तिक २२, २०७८


काठमाण्डाै । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिको लागि बारले हिजो देशभरिका एकाइका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="