दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित हुनु भएको छ । उहाले १९८६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाका प्रतिष्प्रर्धी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गर्नुभएको छ ।
यस्तैगरी उपाध्यक्षमा सिताराम शर्मा आचार्यले २२६२ मत प्राप्त गरी विजयी हासील गर्नुभएको छ । उहाका प्रतिद्धन्द्धी गिरीधारी प्रसाद पौडेलले १४८५ र अर्का उम्मेदवार पुर्ण प्रसाद धितालले ७१ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा भण्डारी प्यानलका सेवकराम भण्डारी विजयी हुनु भएको छ । उहाले २८३८ म प्राप्त गरी विजयी हुनु भएको छ भने उहाका प्रतिष्प्रर्धी दामोदर लामीछानेले ६८४ मत प्राप्त गर्नुभएको समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो । यस्तैगरी कोषाध्यक्षमा भोला प्रसाद थापा विजयी हुनु भएको छ । उहाले १७०२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने उहाका प्रतिष्प्रर्धी भद्र बहादुर वलीले १५१६ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदका उमेदवार मेघराज न्यौपानेले ३०४ र कर्ण बहादुर वलीले ८७ मत प्राप्त गर्नुभएको छ ।
संस्थाको सदस्यहरुमा पदम बहादुर खड्का र लक्ष्मण केसी निर्वाचित हुनु भएको छ । खड्काले २०७८ र केसीले २५६४ मत प्राप्त गर्नुभएको थियो । सदस्य पदका अर्का उम्मेदवार सोविन्द्र चन्दले १३११ मत लिनु भएको थियो । संस्थाको जम्मा मतदाता संख्या सात हजार ४ सय ६७ रहेकोमा शनिवार भएको मतदानमा चार हजार चार सय पाँच मत खसेको थियो । जसमा २७ मत बदर भएको समितिले जनाएको छ । यद्यपी समितिले विजयीहरुको औपचारिक घोषणा गर्न बाँकी रहेको समितिका संयोजक पुस्कर भण्डारीले जानकारी दिनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस