थारु संस्कृति तथा खाना प्रदर्शनी


माघ ०६, २०८०


दाङ,६ माघ । दाङको तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी गरिएको छ । थारु समुदायको कला, संस्कृति, भेषभुषा, खानपान प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा थारु समुदायको मौलिक नृत्य , थारु समुदायको विभिन्न खानाका परिकारहरु, हस्तकला, शिल्पकला लगायत प्रदर्शनी गरिएको थियो ।

कार्यक्रम मुल आयोजक समितिका संयोजक भागीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा खड्काले संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले स्थानीय सरकारले थारु समुदायको कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा जोड दिएको बताए ।

कार्यक्रममा ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका उप-मेयर स्यानी चौधरी, बेस संस्थाका चूर्ण चौधरी लगायतले मन्तव्य राखेका थिए ।
मुल आयोजक समिति सह-संयोजकंयोजक छवि चौधरी स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालण दिप्तिशिखा चौधरीले गरेका थिए ।
नृत्य प्रतियोगितामा प्रथम, दृतिय र तृतीय हुनेलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="