दाङ,२६ माघ । दाङको तुलसीपुरमा सञ्चालन हुदै आएको हिमाल एकाडेमी ले आफनो २० औ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शुक्रवार भव्य समारोहको आयोजना गरि वार्षिकोत्सब मनाएको हो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षतामा तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले अहिलेको शिक्षा सिपमुलक हुनु पर्ने बताए । उनले शिक्षा परम्परागत मात्रै भन्दा पनि आधुनिक र सीप मुलक शिक्षा अहिलेको आबश्यकता रहेको वताए । शिक्षामा विकृति आउन दिन नहुने भन्दै कुलसचिव अधिकारीले विद्यार्थी कस्तो बनाउने भन्ने विषय विद्यालयको भएको भन्दै विद्यालयले शिक्षालाई ज्ञान र सिपमा केन्द्रित गर्नु पर्ने बताए । अहिले सबैमा पश्चिमा संस्कृत हावी भएको भन्दै आफनो कला सस्कृति संरक्षणमा जुट्नु पर्ने अवस्था आएको बताए । उनले हिमाल एकाडेमी यस क्षेत्रको अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित भएको बताए ।
कार्यक्रममा बक्ताहरुले शिक्षा क्षेत्रमा हिमाल एकाडेमी अब्बल संस्थाको रुपमा रहि रहेको भन्दै यसको गरिमा बचाई राख्नु पर्ने बताएका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार गोपाल शर्मा भट्टराई, नारायण खड््का, सुशील बस्नेत, विकास डाँगी, हेमराज डाँगी, लक्ष्मण बस्नेत, निराजन डाँगी लगाएतकालाई सम्मान गरिएको हो ।
सहायक प्रधानाुुध्यापक राधा पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रिन्सीपल मधुसुदन केसी, विद्यालय व्यवस्थापन समिति सदस्य बलदेव शर्मा लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका हेड शिक्षक नविन पराजुली, शिक्षक भिमलाल मरासिनी, सनोद थापाले गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस