दाङ, ४ फागुन । दाङ क्रिकेट लिग– २ मा प्रतिष्पर्धा गर्न लागेकाे देउखुरि वारियर्स क्रिकेट क्लवकाे टाइटल स्पाेन्सरमा गुरुकुल एकेडेमी लमहि रहने भएकाे छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ मा देउखुरि वारियर्सले पनि प्रतिष्पर्धा गर्न लागेकाे हो ।
आज शुक्रबार गुरुकुल एकेडेमी लमहिकाे प्राङ्गणमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गुरुकुल ऐकेडेमी लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिना र देउखुरि वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर गणेश बुढाथाेकिबिच टाईटल स्पाेन्सर सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।
देउखुरि वारियर्स क्रिकेट क्लवका म्यानेजिङ डाईरेक्टर्स गणेश बुढाथाेकिले गुरुकुलकाे टाईटल स्पाेन्सर पछि गुरुकुल देउखरि वारियर्स नाम रहने पनि बताए। साथै उनले शिक्षा क्षेत्रलाई उच्च पद्दतिमा लगिरहेकाे र घाेराहीमा गुरुकुल ऐकेडेमिकाे अपार सफलता पछि तुलसीपुर र लमहीमा गुरुकुल एकेडेमि संचालनमा आउन लागेकाे र यस शिक्षण संस्थाले अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्नेमा विश्वास ब्यक्त गर्दै आगामि दिनमा पनि गुरुकुल ऐकेडेमि संग सहयाेग र सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।
कार्यक्रममा अक्षरका माध्यमबाट विद्यालय चिनाउने भएकाे हुदा शिक्षा संगै खेल क्षेत्र लगायत समाज संग गुरुकुल भन्ने मुल मन्त्रलाई लियर यस देउखुरि वारियर्स क्रिकेट क्लवकाे अफिसियल स्कुल पार्टनर तथा टाईटल स्पाेन्सरकाे रुपमा रहेकाे गुरुकुल ऐकेडेमी लमहिका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले बताए।
नयाँ विद्यालय भयकाे हुनाले सम्पुर्णलाई सहयाेग गर्न र विद्यालयले सम्पुर्ण कानुनि प्रकृया पूरा गरेकाे पनि बताए । प्रतियोगिता सफल बनाउन विद्यालयले टाईटल स्पाेन्सरकाे रुपमा भुमिका खेल्ने भएपछि देउखुरि वारियर्स क्रिकेट क्लवले आभार प्रकट गरेको छ ।
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ प्रतियोगितामा देउखुरी वारियर्स, घोराही टाईगर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोली रहेका छन् ।
प्रतियोगिताका लागि पाँच फ्रेन्चाईज क्लबले फागुन ५ गते रजिष्ट्रेशन भएका खेलाडीबाट अक्सन गर्ने छन । गुरुकुल ऐकेडेमी लमहिका सेयर सदस्य शितल भुषालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण गुरुकुल ऐकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले गरेका थिए।
दाङ क्रिकेट लिग– २ विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस