after_navbar

दाङमा हुने क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छौनौट


फागुन ०५, २०८०



दाङ,५ फागुन। दाङमा क्रीकेट प्रतियोगिता हुन लागेको छ। लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको हुने भएको हो। प्रतियोगिताका लागि खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ ।

ad

दाङका ५ वटा टिमहरूले खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत क्बलमा आवद्ध भएका छन् ।

ad

घोराही टाईगर्स, देउखुरी वारियर्स तथा पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स, दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका हुन् ।
प्रतियोगिता आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म घोराहीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल घोराही १७ मा रहेको गुलरिया क्रिकेट मैदानमा हुनेछन् ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा ११ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

ad

प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार नगद तथा उपजिबेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी खेलमा म्यान अफ द सिरिजले २५ हजार, उत्कृष्ट व्याट्सम्यान, बलरले १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार नगद प्राप्त गर्ने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाले आवेदन भरेका थिए । जसबाट खेलाडीहरुको अक्सन गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

अक्सनमार्फत खेलाडी खरिदमा सबैभन्दा बढी मुल्यमा विभागीय टीम नेपाली सेनाबाट खेल्दै आएका कपिलवस्तुका बसिर अहमदलाई दंगाली लायन्सले आफ्नो क्लबमा भित्राएको छ । बसिर अहमदलाई दंगाली लायन्सले ५६ हजार रुपैयाँमा भित्र्याएको हो ।

प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको अनुसार क्लबले किनेका हुन् ।
जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट भएका छन् भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक–एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्ने छन् ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="