दाङ, ९ फागुन । सरकारले पारित गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )का उपाध्यक्ष आशिष श्रेष्ठले बताएका छन् ।
प्याब्सन दाङको आयोजनामा आज दाङको घोराहीमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष श्रेष्ठले सरकारले लागू गर्न थालेको प्रस्तावित संघीय शिक्षा विधेयक संशोधन भएर आउनेमा विश्वस्त हुन आग्रह गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले भने, ‘राष्ट्रको शैक्षिक उन्नयनमा निजी विद्यालयहरूले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । शैक्षिक गुणस्तरका लागि निजी विद्यालयले गरेको योगदान दृष्टान्त योग्य रहेको छ । निजी विद्यालयको योगदानलाई राज्यले अवमूल्यन गर्न मिल्दैन ।’
प्याब्सन दाङले आयोजनामा ‘सेल्फ मोटिभेसन स् इन्सपायर योरसेल्फ’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आचार्यश्री महेन्द्र वशिष्ठ र आचार्य विवेक विनयले नेतृत्व विकास, नेतृत्व, मोटिभेसन, उत्प्रेरणा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन केन्द्रीय समितिका सचिव यादव गिरी, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल र शैक्षिक सरोकार पक्षको सहभागिता रहेको थियो । कार्यक्रममा १ सय ९५ जनाको सहभागिता रहेको थियो ।
अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस