after_navbar

पारिवारिक दूरी बढ्दा सन्तानमा नकारात्मक असर


फागुन १६, २०८०


दाङ, १६ फागुन । दाङको एक विद्यालयले पारिवारिक सकारात्कमता विकास गर्न अभिभावक र वालवालिका बीच अन्तरक्रिया गरिएको छ । असल अभिभावक कसरी वन्ने भन्ने बिषयमा तुलसीपुरको डिभाईन टेम्पल एकाडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु संग अन्तरक्रिया गरेको हो ।

ad


पछिल्लो समय बालबालिकाहरुको ध्यान संस्कार र पढाई भन्दा पनि अन्यत्र केन्द्रित भैरहेको अवस्थालाई मध्यनजर गर्दै सो प्रशिक्षण दिईएको विद्यालयले जानएको छ । डिभाईन एजुकेसन फाउन्डेसनको स्थापनाको १५ औ बर्षको अवसरमा १५ दिनसम्म मणिभ उत्सव सहित विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप आईतवार र सोमवार डिभाईन टेम्पल एकेडमीका अभिभावक, विद्यार्थी र शिक्षकलाई विभिन्न चरणमा प्रशिक्षण प्रदान गर्दै आएको छ ।

ad


बालबालिकाहरुको सर्वाङगीण विकासका लागी सकारात्मक सोच, असल अभिभावकमा हुनुपर्ने गुणहरु, वालवालिकालाई दिनुपर्ने असल सस्कार, घरपरिवारको वातावरण, वालवालिकालाई गर्ने व्यवहार, अभिभावक, विद्यार्थी र विद्यालय विचको सम्वन्ध लगाएतका वारेमा प्रशिक्षण दिइएको हो । दाङ जिल्लामा संस्कारयुक्त विद्यालय वनाउने उद्देश्यका साथ डिभाईन टेम्पलले यस्ता खालका व्यवहारीक तथा प्रयोगात्मक जीवनउपयोगी शिक्षामा जोड दिएको विद्यालयका सिईओ भोजराज न्यौपानेले वताए ।
यस्तै विद्यालय सुधार अन्तर्गत धेरै क्षेत्र समेटिएका छन् जस मध्य असल अभिभाबक कसरी बन्ने र सन्तानलाई आज्ञाकारी, इमान्दारी र संस्कारी बनाउने अभियान विद्यालयमा चलाएको हो । प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले आमा बुबा र सन्तान बीच दूरी बढ्यो भने सन्तानमा फरकपन हुने भएकाले यो आबश्यक रहेको बताए । विद्यालयका अभिभावक धन बहादुर ओलीले गलत विचार र बालबालिकाको मस्तिष्कमा आँच आउने क्रियाकलाप आमाबुबाले गर्न गर्न नहुने बताए । राम्रो संस्कार भयो भने बच्चा भविष्यमा राम्रो बन्छ उनले भने ।

ad


विद्यालयका अभिभाबक शिक्षक शिक्षिका र विद्यार्थी गरी करिव १५ सय जनालाई प्रशिक्षक दिईएको विद्यालयले जनाएको छ । विसं २०६५ सालमा तुलसीपुरमा स्थापना भएको विद्यालयमा हाल मन्टेश्वरीदेखी कक्षा १२सम्म अध्ययन हुदै आएकोछ । कार्यक्रम डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक अध्यक्ष तथा सिइओ भोजराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="