उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्छ


चैत ०२, २०८०



दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा  उक्त दिवस मनाइएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा मनाइएको उक्त दिवसमा सहभागीहरुले उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्ने बताएका थिए । यसका लागि सरकारले उपभोक्ता सचेतना सम्बन्धि कार्यक्रमहरुलाइ थप प्रभावकारी बनाउदै लैजान आवश्यक रहेको उल्लेख समेत गरेका थिए।

कार्यक्रममा नगर  प्रमुख  खड्काले उपभोक्तालाई संविधानले दिएको अधिकारलाई सुनिश्चितता गरिने बताए।  पालिकाकोतर्फबाट नियमितरुपमा अनुगमनलाई निरन्तरता दिदै आएको  उनले जानकारी गराए। 
उपभोक्ताहरुलाई आफूले प्रयोग गर्ने सामग्रीको समयावधि,मूल्यका विषयमा जानकारी लिएर मात्रै खरिद गर्न आग्रह  समेत गरे। आगामी वर्षदेखि पालिकाका १९ वटै वडामा उपभोक्ता सचेतनाको कार्यक्रम गरिने बताए।

कार्यक्रममा  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालयका खाद्य निरीक्षक   राजकुमार चौधरीले संविधानले दिएको अधिकारलाई उपभोक्ताको पक्षमा कार्यान्वयन गर्दै लैजाने बताए। पछिल्ला दिनहरुमा उपभोक्ताहरुमा अधिकारका विषयमा  जागरुक हुँदै गएको बताए।


कार्यक्रममा  उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले उपभोक्ता दिवसका विषयमा जानकारी गराएकि थिइन। उनले नियमित रुपमा बजार  अनुगमन र नियमन गर्दै आएको बताउदै यसबर्ष झण्डै ३५ हजार मूल्य बराबरको म्याद गुज्रिएको सामानहरु नष्ट गरिएको जानकारी गराएकि थिइन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="