दाङ,३० वैशाख ।तुलसीपुर उद्योग वाणिज्य संघको मतगणना जारी छ । निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेस समर्थनका विनिल केसीले १ सय २ मतले अग्रता कायम गरेका छन् । शुक्रबार भएको निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको थियो । कुल खसेको मतमध्ये शनिवार दिउँसो ४ बजेसम्म १ हजार ३ सय १५ मत गणना हुँदा काँग्रेस सर्मथनबाट उवासंघको अध्यक्ष पदका उमेद्धवार विनिल केसीले ६ सय ९३ मत प्राप्त गरेका छन् भने भने आठ दलीय सर्मथनका उमेद्धवार ललितजंग शाहले ५ सय ९१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
उद्योग उपाध्यक्षमा हेमेन्द्र खड्काले ५ सय १० र विश्व बस्नेतले ७ सय ११ मत प्राप्त गरेका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा खुशलराम शर्माले ५ सय ३३ र नरेशराज भण्डारीले ६ सय ७८ मत प्राप्त गरेका छन् । खुला उपाध्यक्षमा देव बहादुर केसीले ६ सय ७५ र डिल्ली बहादुर वलीले ५ सय ५० मत ल्याएका छन् ।
यसैगरी निर्वाचन समितिका अनुसार महासचिव पद्का उमेद्धवार केशवराज केसीले ६ सय ८० मत ल्याउँदा नरेन्द्र कुमार डाँगीले ५ सय ४४ मत ल्याएका छन् । कोषाध्यक्ष पद्मा रुपेश शर्मा ६ सय ९४ र शेषकान्त ढकालले ४ सय ९५ मत ल्याएका छन् । सचिवमा नविन राईले ४ सय २७, भूपाल रावतले ३ सय १२ र चन्दन वलीले ३ सय ६५ मत ल्याएका छन् । सहकोषाध्यक्षमा दिपेश भण्डारीले ५ सय २० मत ल्याउँदा किशोर कुमार वलीले ४ सय ९१ मत ल्याएका छन् ।
मतगणना जारी रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस