after_navbar

रुन्टीगढी पूर्ण खोप पालिका घोषणा


जेठ २३, २०८१


रोल्पा,२३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

ad

राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नारा सहित पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।

ad

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता एवं जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।

ad

रोल्पाको रुन्टीगढी गाउँपालिकामा पालिकास्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, महिला स्वंसेविका,आमा समूह लगायतको सहभागितामा रहेको थियोे ।

रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडाहरुमा पुर्ण खोप सम्पन्न भएपछि पालिकामा पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकुत रेमन्त बहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक बुद्धिजिवी सेजवालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="