दाङ, २३ जेठ । दाङको राप्ती स्वास्थ्यविज्ञान प्रष्ठिानबाट प्रदानहुने स्वास्थ्य सेवालाई सरल सहज बनाउँदै लग्न थालिएको छ । जनशक्ति अभावको समस्याका कारण सेवाप्रवाहमा देखिएको समस्यालाई प्रतिष्ठानले क्रमिकरुपमा सुधार गर्दै लगेको छ । प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट आएसंगै सेवा प्रवाहमा सुधार देखिन थालेको हो ।
प्रतिष्ठानमा नयाँ हाल दैनिक २० जना विरामीको सिटि स्क्यान हुँदै आएको छ भने रिपोर्टपनि समयमै आउने गरेको छ । यसअघि जनशक्तिको अभावमा सिटी स्क्यान भएपनि रिपोर्ट आउन ढिला हुने गरेको जन गुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ ।
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सिटी स्क्यान, एमआरआइको रिपोर्ट समयमै आउने गरी जनशक्ती ब्यवस्थापनलाई थप जोड दिईएको बताए। प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भिडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाई हुने गरेकोमा पछिल्लो पटक रेडियोलोजि विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ ।
८ हजार बढीले लिए सिटिस्क्यान सेवा
यसैगरेर प्रतिष्ठानमा औषधि लिनका लागी भिड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र विलिङ काउन्टर पनि अतिरीक्त थप्ने कार्यलाई तिव्रता दिईएको छ । प्रतिष्ठानमा सबैभन्दा ठुलो क्षमताको १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिन रहेको छ । प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार जना बढि विरामीको सिटि स्क्यान गरीएको जानकारी दिए।
उनले टाउकोको सिटि स्क्यान गरीएका विरामीलाई अहिले सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाईएको जानकारी दिदै अन्य विरामिको हकमा सिटि स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकीने बताए।
अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सिटि स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरीतोरुपमा निकालेर विरामिलाई दिन सकीने बताए ।
प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले २०७७ साल पौषदेखी २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना विरामीले सिटि स्क्यानको सेवा प्राप्त गरेको जानकारी दिए । उनका अनुसार २०७९ कार्तिक देखी २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना विरामीले एमआरआई सेवा प्राप्त गरेका छन् ।
प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यानको सेवाले उपचारमा आउने विरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र साना देखी ठुला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस