after_navbar

संस्कार पाठशालाको आफ्नै फुटसलः पूर्व कप्तान खड्काले गरे उद्घाटन


जेठ २३, २०८१


दाङ,२३ जेठ । दाङको तुलसीपुरमा रहेको संस्कार पाठशालाले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ । ज्ञानज्योती फाउण्डेसनद्धारा सञ्चालित पाठशालाले खेलक्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले उक्त फुटसल कोर्ट सञ्चालनमा ल्याएको हो । फुटसलको बुधबार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।

ad

ज्ञानज्योती एजुकेशन फाउण्डेसनका सिईओ सुरेन्द्रकुमार जिसीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ -एन्फा)का प्राविधिक निर्देशक हरि खड्काको प्रमुख आतिथ्यतामा फुटसल कोर्टको उद्घाटन गरिएको हो ।

ad

कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका खड्काले खेलक्षेत्रको विकासका लागि विद्यालयहरुमा यस्ताखाले संरचनाहरु अत्यावश्यक रहेको बताए । खेलकुद व्यक्तिको जीवनसंग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यसक्षेत्रको विकास र सम्वृद्धिमा सबै लाग्नुपर्ने बताए ।

ad

उनले शिक्षा क्षेत्रमा मात्र नभई खेलक्षेत्रमा पनि जनशक्ति उत्पादन गर्न विद्यालयहरु लाग्नुपर्ने बताए । संस्कार पाठशालाले आफ्नै फुटसल निर्माण गर्दा जिल्लाको खेलक्षेत्रको गरिमा बढाएको भन्दै प्रशंसा समेत गरेका थिए । खेलकुद खेल मात्र नभई खोज, अनुसन्धा, सिकाई, स्वास्थ्य र स्वस्थ जीवनसंग जोडिएको भन्दै यसक्षेत्रको विकासमा हरेक निकायहरु एकजुट हुनुपर्ने बताएका थिए।

कार्यक्रममा दाङ जिल्ला फुटबलसंघका अध्यक्ष सञ्जात धितालले आफ्नै फुटसल भएको विद्यालयहरुमा पाठशाला जिल्लामै पहिलो विद्यालय भएको बताए । विद्यालयमा उत्पादन हुने जनशक्ति भविष्यमा अन्र्तराष्ट्रिय स्तरमा पुगेर खेलक्षेत्रको गरिमा बढाउन सक्ने भन्दै यस्ताखाले संरचना रहेक विद्यालयमा हुनुपर्ने उनले बताएका थिए।

ज्ञानज्योती एजुकेशन फाण्डेसनका सिईओ सुरेन्द्र जिसीले विद्यार्थीहरुको र्सवाङगीण विकासलाई लक्षीत गरि फुटसल निर्माण गरिएको बताए। फाउण्डेसन अन्र्तगत सञ्चालनमा आएका ९ ओटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि फुटसलको संरचना निर्माण गरिएको बताए ।

आगामी दिनमा खेलमैदान पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। खेलक्षेत्रको विकास र संम्वृद्धिलाई विद्यार्थीहरुसंग प्रत्यक्ष जोड्का लागि स्तरीय खेल संरचनाहरु विद्यालयले निर्माण गर्दै जाने उनको भनाई थियो।
विद्यालयका एजुकेशन कोर्डिनेटर बलदेव पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खेलपत्रकार लक्ष्मण बस्नेतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="