दाङ,२७ जेठ । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।
जेठ २८ र २९ अर्थात सोमबार र मंगलबार प्राथामकि स्वास्थ्य केन्द्र बागरमा शिविर सञ्चालन हुने स्वास्थ्य केन्द्रका अध्यक्ष तथा दंगीशरण गाउँपालकिा–६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिए।
उनका अनुसार पाठेघरमा समस्या भए÷नभएको थाहा पाउन निःशुल्क रुपमा चेकजाँच गरिने छ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जेठ २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनङि तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर २४ र २५ गते हेकुली स्वास्थ्य चौकीमा भएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस