after_navbar

जंगली च्याउ खाँदा एकजनाको मृत्यु


असार ०, २०८१


तनहुँ,८ असार। जंगली च्याउँ खाँदा तनहुँमा एकजना महिलाको मृत्यु भएको छ । जंगली च्याउँ खाँदा बिरामी भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ६ हिलेखर्क बस्ने ८५ वर्षीया द्रोणपति गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ad

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

ad

उनका अनुसार अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको छ । असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="