दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।
तुलसीपुरका कक्षा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६० जना विद्यार्थी र घोराहीका कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।
बिआर डेन्टल अस्पतालका डाक्टर बीपी भुसाल डाक्टर आशा खत्री र विद्यालयकी स्टाफ नर्स सुस्मिता लम्सालले दन्त परीक्षण गरेका हुन्।
दन्त परीक्षणसँगै उनीहरूले उपचारको आवश्यक सल्लाह सुझाव समेत दिएका थिए। यसका साथै दाँतलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने बारेमा जानकारी समेत गराइएको थियो।
विद्यालयको वार्षिक क्यालेण्डर अनुसार गुरुकुल एकेडेमीले तुलसीपुर र घोराहीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। एकेडेमीले विद्यार्थीहरूको नियमित रुपमा स्वास्थ्य जाँच समेत गर्दै आइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस