दाङ,१३ असार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सर्प दशंका बिरामीको लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने भएको छ । सर्प दंशका बिरामीको उपचारमा सहजता ल्याउन वडा कार्यालयले निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
आफ्नो नीति तथा कार्यक्रम पारित गरेको यो वडा कार्यालयले सर्प दंशका बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन जहाँ लगेपनि त्यसको बिल पेश गरेको सो को खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरेको वडाध्यक्ष मानबहादुर रावतले बताए ।
सर्पदंशका बिरामीलाई जहाँ सुकैको होस अस्पताल पु¥याउन एम्बुलेन्समा लागेको खर्च अबदेखि वडा कार्यालयले बेहोर्ने वडाध्यक्ष रावतले स्पष्ट पारे ।
पैंशाकै अभावमा कतिपय गाउँघरका मानिसले सर्प दंशका बिरामीलाई अस्पतालमा समयमै उपचार गर्न लैजानुको साटो झार फुक गराउने गरेको हुँदा त्यसको अन्त्यको लागि अबदेखि एम्बुलेन्समा लागेको खर्च वडा कार्यालयले बेहोर्ने नीति अख्तियार गरिएको वडाध्यक्ष रावतले बताए ।
‘ झारफुकमा लाग्दा बिरामीको अकालमा ज्यान गुमाउने पर्ने हुनु सक्छ,’ वडाध्यक्ष रावतले भने ‘ त्यस्ता दुःखद घटनाहरु नघटुन भन्ने उदेश्यले हामीले एम्बुलेन्सको भाडा बेहोर्ने नीति लिएका हौं ।’
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस