after_navbar

स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छः डा. तोसिमा


असार १४, २०८१


काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् ।
स्वास्थ्यकर्मीहरू माथि आक्रमण भइरहने धाक धम्की हुनुका साथै अमानवीय व्यवहार समेत भइरहने भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । उनले स्वास्थ्यकर्मीहरू माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने बताइन् ।
स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरूलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने वातावरण बनाउन माग गरेकीछन् ।
‘काँपिरहेको हातले उपचार गर्न सक्दैन । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । उनले भनिन्–‘ जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरि त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ ।’

त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरूमा प्रमुख प्रकाशकीय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताइन् । उनले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताइन् । उनले स्थानीय सरकारहरू आर्थिक अनुशासनमा बस्न नसकेका बताइन् ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="