मानवताको काममा सहकार्य गरौ : पूर्व मुख्यमन्त्री चौधरी


भदौ १, २०८१


दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मानवताको कार्यमा सहकार्य आबश्यक रहेको बताएका छन । मानवीय कार्य र मानताको कार्यमा सबै एक भएर संगसंगै जानु पर्ने उनले बताए । मानवता हराउन लागेको आभास भयो पूर्व मुख्यमन्त्री चौधरीले भने, तन मन र धन लगाएर सबै रेडक्रस अभियान सफल पारौ, अनि मानवता जिवित रहन्छ ।नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले आयोजनामा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन ।

उनले विपद् व्यवस्थापन सहज गराउने उदेश्यले र मानवीय कार्यका लागि आफुले यस क्षेत्रको जनप्रतिनिधिको हैसियलले विकासमा तिव्रता दिएको बताए । उनले अहिले पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताए । चौधरीले तुलसीपुरमा विपद व्यवस्थापनको लागि पूर्णधार निर्माण आफनै पहलमा सुरु भएको भन्दै यो क्षेत्रमा धेरै योजनाहरु सञ्चालन गरिरहेको बताए । उनले प्रदेशबाट आफुले बजेट व्यवस्थापन गरेर निर्माण भएका पूर्वाधारहरुमा स्थानीय सरकारले चासो नदिदा केहि समस्या भएको बताए । उनले बजार क्षेत्रलाई उज्यालो बनाउने उदेश्यले ४ महिना पहिलो हाइमास्ट लाइट जडान गरिदिए पनि स्थानीय सरकारले चासो नदिदा अहिलेसम्म बल्न नसकेको प्रति गुनासो समेत गरे ।
चौधरीले प्रदेशबाट दाङको तुलसीपुरमा ४ वटा हाइमाष्ट लाइट गरिएको भएपनि अहिलेसम्म नबालेको भन्दै गुनासो गरे । ‘तुलसीपुरमा हाइमाष्ट लाइट पठाइयो उनले भने, जडान पनि भयो । तर अहिलेसम्म बल्न सकेका छैन् । कम्तिमा तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य सघले समन्वय गरेर बाल्नु पथ्र्याे । तर आफुले ल्याएका योजना निर्माण सुरु हुदा शिलान्यास र उद्घाटन गर्न मात्रै अघि गर्ने गरेको प्रति व्यङग्य गरे ।


उनले खुला क्षेत्र र सरकारी संरचना प्राप्त हुनु पर्ने भन्दै त्यो अवस्था तुलसीपुरमा कमजोर रहेको बताए । पछिल्लो समय तुलसीपुर क्षेत्रका खाली जमिनहरू मासीदै गएको प्रति चिन्ता गर्दै विपद्को समयमा आवश्यक पर्ने प्रति ऐलानी तथा सरकारी जग्गालाई संरक्षण र जोगाउनुपर्ने बेला भएको बताए ।

उनले विपद् व्यवस्थापन सहज गराउने उदेश्यले र मानवीय कार्यका लागि आफुले यस क्षेत्रको जनप्रतिनिधिको हैसियलले विकासमा तिव्रता दिएको बताए । उनले अहिले पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताए । चौधरीले तुलसीपुरमा विपद व्यवस्थापनको लागि पूर्णधार निर्माण आफनै पहलमा सुरु भएको भन्दै यो क्षेत्रमा धेरै योजनाहरु सञ्चालन गरिरहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, रेडक्रसका निवर्तमान सभापति नारायण आचार्य, सस्थापक सचिव नवराज रजौरे, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विकास समिति अध्यक्ष पदम प्रसाद न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्व बस्नेत, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कमल डाँगी, तुलसीपुर जेसिसका अध्यक्ष पूर्णविक्रम डाँगी, पूर्व जिविस सभापति भरत केसी, स्वास्थ्यकर्मी बसन्त आचार्य लगायतकाले शुभकामना व्यक्त गरेका थिए । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।

सो अवसरमा रेडक्रसको विकास र उन्नयनका योगदान गरेको भन्दै तीन जना विशिष्ट व्यत्तिःहरुलाई सम्मान समेत गरिएको छ । पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिविस सभापति भरत केसीलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="