लुम्बिनीका पूर्व मुख्यमन्त्री केसीले गरे सरकारी गाडी फिर्ता


भदौ २३, २०८१


दाङ, २३ भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन्। भदौ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । गत भदौ ६ गते प्रदेश सरकारले पूर्वबिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा(सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका हुन् ।

पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी बिहिवार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए ।

गत भदौ ६ गते प्रदेश सरकारले पूर्वबिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा(सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले फजुल खर्च घटाउने योजना अनुसार पूर्वबिशिष्ट व्यक्तिलाई दिदैँ आएको सेवासुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । ०७९ भदौ ३१ गते प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा(सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

जसअनुसार पूर्वमुख्यमन्त्रीसहित बिशिष्ट व्यक्तिहरुले सरकरारी कोषबाट सेवा(सुविधा लिदै आएका थिए । जसलाई लुम्बिनीका मुख्यमन्त्रीले काउन्टर दिदै निर्णय खारेज गराएका छन् ।

प्रदेशका पूर्वबिशिष्ट व्यक्तिहरुले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा लिदै आएका थिए। प्रदेश सभाका पूर्वसभामुख पूर्णबहादुर घर्ती मगरले पनि सरकारी गाडी प्रयोग गर्दै छन् । उनले हालसम्म फिर्ता गरेका छैनन्

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="