उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस : पूर्व मुख्यमन्त्री चौधरी


भदौ २, २०८१


सहारा सहकारीको साधारण सभा

दाङ, २९ भदौ । सहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार १७ औं वार्षिक साधारणसभा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्लीबहादर चौधरीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो   ।

कार्यक्रममा पूर्व मूख्यमन्त्री चौधरीले सहकारीलाई उत्पादनसंग जोड्नुपर्ने बताए । उनले सहकारीका बिषयमा नकारात्मकता बढी देखियको भन्दै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्नु पर्ने बताए । उनले धेरै सहकारीले वचत तथा ऋणको कारोबार गरिरहेकोले र आर्थिक समृद्धिका लागि अब सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले सहकारीमा गरिएको लगानी सुरक्षित गर्न राज्यले प्रमुख भूमिका खेल्नुपर्ने बताए । नागरिकले थोपा थोपा गरेर वचत गरेको रकम अपचलन गर्ने जो कोहीलाई पनि कार्बाही गर्नुपर्ने बताए ।

सहकारी संस्थाका उपाध्यक्ष टोप बहादुर महताराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सल्लाहकार विष्णुप्रसाद शर्मा, हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसूदन केसी, सुलभ सहकारीका उपाध्यक्ष अनिल आचार्य, सामाजिक अभियान्ता गोकणर् गिरी, महिला शेयर सदस्य उषा गौतम, पुरुष शेयर सदस्य छोटीलाल थारु लगायतले सहकारीले आर्थिक विकासमा महत्वपूणर् भूमिका खेलेको बताए  ।

सहकारीले वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । जेष्ठ पुरुष शेयर सदस्य छोटीलाल थारु, महिला शेयर सदस्य दु्रपता पौडेल, असल ऋणी जीवराज देवकोटा र असल वचतकर्ता सपना थापालाई सम्मान गरिएका हो । कार्यक्रमको सहजीकरण सचिव भिमलाल मरासीनीले गरेका थिए । सहकारीमा ४ सय ९४ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="