दाङमा बन्यजन्तुको अवस्था पहिचान गरिदै


मङि्सर २५, २०८१


दाङ,२५ मंसिर । दाङमा पहिलो पटक वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराहीको समन्वय र तराई भूपरिधि कार्यक्रम ९ताल० को प्राविधिक सहयोगमा जिल्लाका चार स्थानीय तहका जङ्गल क्षेत्रमा अध्ययन भइरहेको छ।

घोराही, तुलसीपुर, लमही, र दङ्गीशरणका विभिन्न वडामा क्यामरा ट्रयाप विधिबाट १०९ वटा क्यामरा जडान गरी अध्ययन गरिनेछ। वरिष्ठ अनुसन्धान अधिकृत समुन्द्र सुब्बाका अनुसार २४ जनाको टोली खटिएको छ, र क्यामरा ३० दिनसम्म राखिनेछ।

यस अध्ययनले बाघलगायत वन्यजन्तुको अवस्था, प्रजातिको जोखिम, र संरक्षणका उपाय पत्ता लगाउन सहयोग गर्नेछ। दाङमा यस प्रकारको अध्ययन पहिलो पटक गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="