दाङ,२९ मंसिर। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा नेपाल प्रेस युनियनका शुक्रऋषि चौलागाई निर्वाचित भएका छन्।
मंसिर २८ गते भएको महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा प्यानलबाट चौलागाईं अध्यक्ष पदको उम्मेदवार रहेका थिए।
उनका प्रतिद्वन्दी रुद्र सुवेदीलाई २०८ मतान्तरले पछि पार्दै चौलागाई अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा चौलागाई नेतृत्व रहेको नेपाल प्रेस युनियन र प्रेस चौतारीको सिङ्गो प्यानलै निर्वाचित भएको छ।
शुक्रबार सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशको उपाध्यक्षमा रामप्रसाद आचार्य,(महिला)उपाध्यक्षमा मिना ढकाल,महासचिवमा पाण्डवप्रसाद शर्मा ,खुला सचिवमा गोविन्दप्रसाद शर्मा ,समावेशी सचिवमा सरला सुवेदी र कोषाध्यक्षमा प्रेम नारायण आचार्य निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा तेजेन्द्र केसी, निर्मल आचार्य,प्यार अलि खान, बसन्त बन्जाडे, हिमबहादुर घर्ती खत्री निर्वाचित भएका छन्।
महिला सदस्यहरूमा सविता चौधरी, सरिता चौधरी (थारु) र सीता पाण्डे निर्वाचित भएका छन्। दलित सदस्यतर्फ दलबहादुर सुनार निर्वाचित भएका छन्।
यस्तै आदिवासी जनजाति सदस्यतर्फ दिलबहादुर गाहा र लिलाराज बुढामगर निर्वाचित भएका छन्।
मधेसी सदस्यतर्फ ओम प्रकाश गुप्ता, देवबहादुर यादव निर्वाचित भएका छन भने अल्पसंख्यकतर्फ रविन्द्र यादव निर्वाचित भएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस